कांग्रेसमा संस्थापनइतर समूहको समानान्तर अभ्यास, रमेश लेखकले विधान लेख्ने

  • बिहीबार २१ साउन २०८३ ११:२४ AM
काठमाण्डु – नेपाली कांग्रेसभित्र संस्थापनइतर समूहले समानान्तर अभ्यास अगाडि बढाउँदै विधान लेखनसम्मको तयारी गरेको छ । कांग्रेसको आधिकारिकता विवादमा पूर्ववत् फैसलालाई पुनरावलोकन गर्न सर्वाेच्च अदालतले अनुमति दिएकै दिन संस्थापनइतर समूहको बैठकले कानून तथा विधान लेखनको जिम्मेवारी पूर्वगृहमन्त्री रमेश लेखकलाई दिएको छ । राष्ट्रिय भेलाको तयारीमा रहेको संस्थापनइतर समूहले भेलामा प्रस्तुत गरिने प्रतिवेदन लेखनअन्तर्गत राजनीतिक प्रतिवेदन