कन्सुलर प्रमाणीकरण अब डिजिटल, अनलाइनबाटै आवेदन दिन सकिने

  • बिहीबार २१ साउन २०८३ १२:०९ PM
परराष्ट्र मन्त्रालयले विभिन्न निकायबाट प्रवाह गरिने सेवालाई डिजिटलाइज गर्ने उद्देश्यले कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन प्रणाली ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’को शुभारम्भ गरेको छ । परराष्ट्र मन्त्री शिशिर खनालले बिहीवार सिंहदरबारस्थित कन्सुलर सेवा विभागमा आयोजित एक कार्यक्रमका बीच यस नयाँ प्रणालीको उद्घाटन गरेका हुन् । नेपालका सरकारी निकायबाट जारी भएका शैक्षिक प्रमाणपत्र, सिफारिस पत्र लगायतका कानूनी कागजातहरूको