पहिरोको जोखिममा रहेका घरका परिवारको उद्धार

  • बिहीबार २१ साउन २०८३ ०५:०० PM
दोलखा : दोलखाको विगु गाउँपालिका–४ वलीटारमा बुधबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा पिर्लोखोला उर्लिएर दुई घर उच्च जोखिममा परेका छन् । जोखिम बढेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा दुवै परिवारलाई राति नै सुरक्षित स्थानमा सारिएको छ ।पहिरो र खोलाको कटानका कारण स्थानीय कमलप्रसाद ओली र रत्नकुमारी ओलीको घर बस्न नसकिने अवस्थामा पुगेपछि उनीहरूका परिवारलाई तत्काल उद्धार गरिएको सशस्त्र प्रहरी नायब शेखर कार्कीले बताए । घटनाको जानकारी प्राप्त हुनासाथ विपद् प्रतिकार्य बेस सि