सरकारबारे प्रश्न नसोध्न गृहमन्त्रीले निर्देशन दिनु आपत्तिजनकः कर्ण

  • बिहीबार २१ साउन २०८३ १०:२८ AM
काठमाण्डु– काँग्रेस सांसद् रञ्जित कर्णले सरकारलाई प्रश्न नसोध्न सांसदलाई निर्देशन दिएको भन्दै गृहमन्त्री सुधन गुरुङप्रति आपत्ति जनाएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा सांसद् कमला पन्तद्वारा प्रस्तुत ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धी ध्यानाकर्षण प्रस्तावमा धारणा राख्ने क्रममा कर्णले गृहमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको बताए । उनले संसदीय लोकतन्त्रमा जनताका प्रश्न प्रधानमन्त्री र मन्त्रीलाई सोधिने थलो संसद्