राष्ट्रियसभामा अपरिपक्वताको आरोप लागेपछि सुधन गुरुङले भनेः तपाईंहरुले जस्तै धक्का खाएपछि परिपक्व हुन्छौं होला

  • बिहीबार २१ साउन २०८३ १०:५६ AM
काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले आफूहरु नयाँ भएकाले परिपक्वताको अभाव रहेको हुन सक्ने बताएका छन् । बिहीबार राष्ट्रियसभामा काँग्रेस सांसद् कमला पन्तद्वारा प्रस्तुत ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी’ सम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सिकेर परिपक्व हुने बताए । त्यसअघि गृहमन्त्री गुरुङले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको विषयमा संसदमा विषय नउठाउन