साउन २६ गते राति स्वदेश फर्किँदै देउवा

  • बिहीबार २१ साउन २०८३ ११:०६ AM
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी साउन २६ गते स्वदेश फर्किने भएका छन् । केही समयअघि आफू स्वदेश फर्किने सन्देश दिएका देउवा साउन २६ गते राति ९ः४५ बजे नेपाल आइपुग्नेछन् । गत फागुन १४ गते स्वास्थ्य उपचारको लागि सिंगापुरतर्फ लागेका थिए । त्यसपछि चैतको पहिलो साता हङकङ पुगेका देउवा त्यहीँबाट स्वदेश फर्किन लागेका हुन् ।