‘ब्लु बस’बारे मन्त्री बादीको स्पष्टिकरण- प्रचार होइन, महिलाको सुरक्षा प्राथमिकता

  • बिहीबार २१ साउन २०८३ १०:३८ AM
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सरकारले सञ्चालन गर्न लागेको ‘ब्लु बस’ सेवा महिला र पुरुषबीच विभाजन सिर्जना गर्ने वा प्रचारमुखी कार्यक्रम नभई सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका सुरक्षा जोखिमलाई तत्काल सम्बोधन गर्ने उद्देश्यसहित अघि सारिएको आवश्यक पहल भएको बताएकी छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको