काठमाडौँ। नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले ११० दिनदेखि काठमाडौँको माइतीघरमा धर्नारत दिपा नेपालीका मागबारे सरकारले चासो नदिएकाप्रति प्रश्न गरेका छन्। बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद पोर्तेलले सरकारले शान्तिपूर्ण धर्नामा बसेका युवाको मागलाई सम्बोधन गर्न नचाहेको आरोप लगाए। 'दिपा नेपालीको नेतृत्वमा ११० दिनदेखि माइतीघर मण्डलामा युवाहरूले धर्ना दिइरहनुभएको छ। उहाँको माग नयाँ छैन- खालि संविधानको धारा २४ को प्रभावकारी कार्यान्वयन गर्न माग गर्नुभएको छ। तर सरकारले ११० दिनसम्म पनि सुनेको छैन।' सांसद पोर्तेलले २१औँ शताब्दीमा पनि मुलुकको राजधानीमा कथित जातपातका आधारमा विभेद भएको भनेर युवाहरूले आन्दोलन गर्नुपर्ने अवस्था लज्जाको विषय भएको बताए। 'आधुनिक मुलुकको राजधानीमै कथित जातका आधारमा कोठा भाडामा समेत नपाइने स्थिति हुनु हामी सबैका लागि लज्जाको विषय हो भन्ने लाग्छ। तर अझै लज्जाको विषय त के छ भने ११० दिनदेखि ममाथि विभेद भयो भनेर मौलिक हकको कार्यान्वयन गर्न भन्दा पनि सरकार त्यो समस्या समाधान गर्न कुनै पहलकदमी गर्दैन,' उनले गृहमन्त्री सुधन गुरुङलाई प्रश्न गर्दै भने, 'आन्दोलनमा कति जनधनको क्षति भएपछि, कति तोडफोड भएपछि वा कति मान्छे मरेपछि चाँहि सरकारले समस्या समाधानको पहल गर्ने हो