काठमाडौं । गृहमन्त्री सुधन गुरुङले माफी मागेका छन् । राष्ट्रियसभा बैठकमा प्रश्नको जवाफ दिने क्रममा आफ्नो भाषा ठाडो हुन पुगेको भन्दै उनले माफी मागेका हुन्। बैठकमा सांसदलाई गृहमन्त्रीलाई निर्मला पन्त हत्या प्रकरणबारे जवाफ मागेका थिए । जवाफमा गृहमन्त्रीले यसमा आफूले जवाफ नदिने र शुक्ष्म अनुसन्धान भइरहेको जवाफ दिएका थिए । जसमा उनको जवाफको आलोचना भएको थियो । ‘हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ । सिक्दै जानेछौं । मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो,’ सांसदहरूलाई सम्बोधन गर्दै उनले भने, ‘यसका लागि म क्षमाप्राथी पनि छु । हजुरहरूलाई माफी पनि माग्न चाहन्छु । ... The post गृहमन्त्री सुधन गुरुङले मागे माफी appeared first on Kalika Khabar.