सुनसरी : पूर्बी पहाडी जिल्लाहरुमा लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । सप्तकोशीमा पानीको बहाव बढेर प्रतिसेकेन्ड २ लाख १८ हजार ३ सय क्युसेक पुगेको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खोलिएको छ । बहाव जोखिमको तहभन्दा धेरै माथि पुगेपछि खतराको संकेत स्वरूप रातो बत्ति बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काले जानकारी दिए ।सप्तकोशीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । अहिले बहाव त्यसभन्दा झण्