बुटवल : रुपन्देहीका नदीहरुमा पक्की पुल निर्माण हुने क्रम बढ्दै गएको छ । आर्थिक वर्ष २०७५/०७६ देखि चालु आर्थिक वर्ष २०८३/०८४ सम्म निर्माण सम्पन्न र निर्माणाधीन अवस्थाका पुलको संख्या ७१ पुगेको हो । त्यसमध्ये ५८ वटा पुलहरु निर्माण सम्पन्न भइसकेका छन् भने १३ वटा पुलहरु निर्माणाधीन अवस्थामा रहेको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका सिनियर डिभिजनल इन्जिनियर लालु गिरीले जानकारी दिए । ‘लुम्विनी प्रदेश सरकार स्थापना भइसकेपछि यी पुलहरु रुपन्देहीमा निर्माण भएका हुन्’, गिरीले भने, &lsq