राप्रपाले राजाको नाममा ३७ वर्षसम्म भोट मात्र बटुल्योः धवलशमशेर

  • बिहीबार २१ साउन २०८३ ०९:१६ AM
काठमाण्डु– नवगठित नेपाल पार्टीका अध्यक्ष धवलशमशेर जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्र पुनस्र्थापनाको नाममा भोट मात्र बटुल्ने काम गरेको आरोप लगाएका छन् । पार्टी घोषणाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले राजतन्त्र र हिन्दु राष्ट्रको नाममा राप्रपाले राजनीति मात्र गरिरहेको बताए । राप्रपाले राजसंस्था स्थापना गर्न नसक्ने निस्कर्षसहित आफूहरुले नयाँ दल खोलेको उनको भनाइ