काठमाण्डु– रास्वपा सांसद् तपेश्वर यादवको विवादित अभिव्यक्तिका कारण सिरहाको गोलबजारमा प्रहरीको गोलीबाट मारिएका युवाको श्रद्धाञ्जली सभाको अवस्था तनावपूर्ण बनेको छ । बिहीबार आयोजित संयुक्त सभालाई सम्बोधन गर्ने क्रममा सांसद् यादवले सुनसरीको देवानगञ्ज, सुनसरीसहित मधेसका जिल्लाहरुमा घटना घट्नुमा पुराना दल जिम्मेवार रहेको अभिव्यक्ति दिएका थिए । लगत्तै कार्यक्रममा सहभागी अन्य दलका कार्यकर्ता र समर्थकले विरोध जनाए