कांग्रेसको विशेष महाधिवेशन विवादमा नयाँ मोड, सर्वोच्चले पुनः सुनुवाइ गर्ने

  • बिहीबार २१ साउन २०८३ १०:०२ AM
काठमाण्डु– नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको छ । सर्वोच्चले विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई वैधता दिने आफ्नो पूर्वफैसलामा पुनरावलोकनको ढोका खोलेको हो । पूर्वसभापति शेरबहादुर देउवा र डा. शशांक कोइराला पक्षले यसअघिको फैसलामाथि पुनरावलोकन हुनुपर्ने माग गर्दै दायर गरेको निवेदनमा सर्वोच्चले बिहीबार निस्सा प्रदान गरेको हो ।