मनसुनजन्य विपद् व्यवस्थापन तथा पूर्वतयारीलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

  • बिहीबार २१ साउन २०८३ ०९:५६ AM
काठमाडौं । नेपाली काँग्रेस राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापन तथा पूर्व तयारीको लागि सरकारको ध्यानाकर्षण गराएकी छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्दै उनले ध्यानाकर्षण गराएकी हुन् । उनले तीनै तहका सरकार तथा सरोकारवाला निकायबीच समन्वय अभावका कारण