काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषय संसदमा नउठाउन सांसदहरुलाई चेतावनी दिएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा प्रश्नोत्तरमा सहभागी भएका गुरुङले प्रश्नकर्ता सांसदहरुलाई त्यस्तो चेतावनी दिएका हुन् । नेकपा सांसद् विष्णुबहादुर विश्वकर्माले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नमाथि हालसम्म कारबाही नहुनुको कारण सोधेका थिए । जवाफ दिने क्रममा गुरुङ