सांसद देवकोटाको प्रश्नः सरकारले गगन थापाको प्रसंशा हुने डरले स्वास्थ्य बीमा कार्यक्रम खारेज गर्न खोजेको हो ?

  • बिहीबार २१ साउन २०८३ ०८:३१ AM
काठमाडौं । नेपाली काँग्रेसकी सांसद गीता देवकोटाले स्वास्थ्य बीमा कार्यक्रम तत्काल अघि बढाउन सरकारसँग माग गरेकी छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद देवकोटाले यस्तो माग गरेका हुन् । उनले तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा शुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडि बढाउँदा पहलकर्ताको प्रशंसा हुने डरले कार्यक्रम नै खारेज गर्न खोजिएको त होइन ?