काठमाडौं । काठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउने लक्ष्यसहित दीर्घकालीन यातायात गुरुयोजना सार्वजनिक गरिएको छ । ‘जीवन्त र सांस्कृतिक काठमाडौं उपत्यकाका लागि दिगो, सुरक्षित र समावेशी यातायात गुरुयोजना’ सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाले उपत्यकाको पूर्व–पश्चिम तथा उत्तर–दक्षिण यातायात सञ्जाललाई सुदृढ बनाउन नयाँ पूर्वाधार विकासमा विशेष ध्यान दिनुपर्ने बताए