काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको बताएका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा उनले सरकारले हत्या, हिंसा र बलात्कारजस्ता गम्भीर अपराधको अनुसन्धान निरन्तर गरिरहेको उल्लेख गर्दै निर्मला पन्त प्रकरणमा पनि अनुसन्धान जारी रहेको बताएका हुन् । प्रश्नोत्तरका क्रममा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्तको बलात्कारपछि