निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न- तपाईंहरू सत्तामा हुँदा किन अनुसन्धान गर्नुभएन ?

  • बिहीबार २१ साउन २०८३ ०९:०८ AM
गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणमा सरकारले सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको बताएका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले हत्या, हिंसा र बलात्कारलगायतका गम्भीर अपराधको अनुसन्धान सरकारले निरन्तर गरिरहेको बताए । बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा लामो समय बितिसक्दा पनि दोषी पत्ता