धादिङमा डेङ्गीविरुद्ध ‘खोज तथा नष्ट’ अभियान

  • बिहीबार २१ साउन २०८३ ०२:०१ PM
धादिङ : डेङ्गी रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले धादिङको गजुरी गाउँपालिकामा ‘साउन महिना डेङ्गी महिना खोज तथा नष्ट अभियान’ सुरु गरिएको छ ।गजुरी गाउँपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय धादिङको समन्वयमा सञ्चालन गरिएको अभियानअन्तर्गत डेङ्गी सार्ने एडिस जातका लामखुट्टेले प्रजनन गर्न सक्ने स्थानहरूको खोजी गरी नष्ट गर्ने, घर–आँगन तथा सार्वजनिकस्थलमा जमेको पानी हटाउने र समुदायमा डेङ्गी रोकथामसम्बन्धी जनचेतना फैलाउने काम भइरहेको छ ।अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास