बारामा करेन्ट लागेर एकजनाको मृत्यु

  • बिहीबार २१ साउन २०८३ ०२:०१ PM
सिमरा : बाराको आदर्श कोतवाल गाउँपालिका- ७ कोतवालीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय गणेश महतो कोइरी रहेका छन् । कोइरीलाई विद्युतको पोलको नांगो तारमा हुक लगाउने क्रममा करेन्ट लागेको हो । उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।कोइरीलाई तत्काल उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल ल्याइएको थियो। जाँच गर्ने क्रममा चिकित्सकले मृत घोषणा गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।