गण्डकी । मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा सम्पर्कविहीन भएका कास्कीका तीन युवक सकुशल फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–१४ खसीबजारका अजित जिसी, युकेश गुरुङ र करण लामा बिहीबार बिहान अन्नपूर्ण गाउँपालिका–११ छुमरुङवेशीमा सकुशल भेटिएका हुन् । कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले तीनै जना सकुशल रहेको र उनीहरूको उद्धार भइरहेको