काठमाडौं । जय नेपाल पार्टीका अध्यक्ष डा.धवलशमशेर जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्र र हिन्दु राष्ट्रको मूल एजेण्डालाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा नवगठित जय नेपाल पार्टीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राप्रपाले राजा र हिन्दु धर्मको नाममा भोट संकलन गरे पनि जनताले अवसर दिँदा आफ्ना