फर्जी सदस्यता विवाद भिक्टोरिया सर्वोच्च अदालतमा, एनआरएनए अष्ट्रेलिया रिट प्रकरणमा प्रमाण पेश गर्न आदेश

  • बिहीबार २१ साउन २०८३ ०७:२२ AM
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियामा फर्जी सदस्यता वितरण तथा गत वर्ष जुलाईमा सम्पन्न निर्वाचनसँग सम्बन्धित विवाद भिक्टोरिया राज्यको सर्वोच्च अदालतसम्म पुगेको छ। यस प्रकरणमा रिट निवेदक सनराइज ज्ञवाली ले ५ मार्च २०२६ मा भिक्टोरिया सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले दुवै पक्षलाई आफ्नो-आफ्नो दाबी पुष्टि गर्ने प्रमाण तथा आवश्यक