ढाका। बंगलादेशका पूर्व क्रिकेटर तथा अवामी लिगका सांसद शाकिब अल हसनको मागुरास्थित घरमा आक्रमण भएको छ। पूर्वप्रधानमन्त्री शेख हसिनाले नयाँ दिल्लीमा आयोजना भर्चुअल पत्रकार सम्मेलन गरेको केही समयपछि क्रिकेटर शाकिबको घरमा आक्रमण भएको हो । शाकिबको घरमा हिजो राति ८ः ४५ देखि ९ः०० बजेको बीचमा आक्रमण भएको थियो। मागुरा सदर प्रहरीका अधिकारी मोहम्मद अब्दुल्लाह अल मामुनका अनुसार केही उपद्रवीहरूले ढुंगा प्रहार गरी झ्यालका सिसा फुटाएका थिए। आक्रमणकारीहरूले घरमा आगो लगाउनेसमेत प्रयास गरेका थिए । उनीहरूले यसका लागि सफ्ट ड्रिंकका बोतलमा पेट्रोल ल्याएको आरोप छ। तर, उनीहरूको आगजनीको प्रयास भने सफल हुन सकेन ... The post बंगलादेशमा सांसद एवंम् पूर्व क्रिकेटरको घरमा तोडफोड, आगजनीको प्रयास असफल appeared first on Kalika Khabar.