संखुवासभा : संखुवासभाकाे मकालु गाउँपालिका -५ पाकपाेकमा खोलाले बगाएर इदुवा हाइड्रोपावरका एकजना कर्मचारी बेपत्ता भएका छन् । मकालु गाउँपालिका -५ पाकपाेकमा सिमली खोला तर्ने क्रममा खोलाले बगाएर इदुवा हाइड्रोपावरका कर्मचारी बेपत्ता भएका हुन् । गएराति मकालु -५ मा रहेकाे सिमली खाेला तर्ने क्रममा खाँदबारी नगरपालिका -१० का इदुवा हाइड्रोपावरका सुपरभाइजर २८ वर्षीय स्वागत निरौला बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए । खाएर साथीहरूसँगै हाइड्रोको आवासमा फर्कने क्रममा बुधबार राति ११ बजे सुपरभाइजर निराैलालाई खोलाले बगाएर बेपत्ता भएका हुन् । हाइड्रोपावरमा कार्यरत कर्मचारी रुकुम ... The post संखुवासभामा खाेलाले बगाउँदा हाइड्रोपावरका कर्मचारी बेपत्ता appeared first on Kalika Khabar.