काठमाडौं । लामो समयदेखि आन्तरिक मतभेदमा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अन्ततः विभाजनको चरणमा पुगेको छ । पार्टीका दुई अध्यक्ष परिषद् सदस्य दुर्गा सोब र सन्तोष परियारले अब आ–आफ्नै राजनीतिक बाटोमा अघि बढ्ने सहमति गरेका छन् । दुवै नेताबीच बिहीबार भएको छलफलपछि छुट्टाछुट्टै दलमार्फत राजनीतिक गतिविधि सञ्चालन गर्ने समझदारी बनेको हो । यससँगै प्रलोपाभित्र देखिएको