काठमाडौँ । भदौ १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘तिनीहरु: इलिफेन्ट्स इन द फग’को म्युजिकल ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले आज काठमाडौंमा कार्यक्रम आयोजना गर्दै म्युजिकल ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा सिनेमाका मुख्य पात्रको छटपटी, हतासपन र आक्रोश देखिन्छ । सन्तान हराएको पीडा र उसको खोजीका लागि संघर्षरत आमाको कथा छ ।