काठमाडौं । नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले स्वास्थ्य क्षेत्र सुधारका लागि उपचारमुखीभन्दा निरोधात्मक स्वास्थ्य प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद बरालले खाद्य स्वच्छता र रोग लाग्न नदिने प्रणालीमा राज्यले विशेष ध्यान दिनुपर्ने बताएका हुन् । उनले आयुर्वेद तथा वैकल्पिक चिकित्साको दायरा फराकिलो बनाउनुपर्ने