रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु

  • बिहीबार २१ साउन २०८३ ०७:०१ AM
दाङ । स्थानीय बाच्छे खोलाले बगाउँदा बुधबार एक वृद्धको मृत्यु भएको छ । रोल्पा, सुनछहरी गाउँपालिका–१, घुसबाङका ७३ वर्षीय मसान घर्तीमगरको मृत्यु भएको हो । सामाजिक सुरक्षा (बृद्ध) भत्ता बुझेर गाउँपालिकाको केन्द्र पोबाङ्बाट घरतर्फ फर्कदै गर्दा खोला तर्ने क्रममा उनको बगेर मृत्यु भएको इलाक प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।