काठमाण्डु– भारतीय सेनाध्यक्ष जनरल धीरज सेठ पाँच दिने औपचारिक भ्रमणका सिलसिलामा आगामी ३१ साउनमा नेपाल आउने भएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ । विगत सात दशकयता नेपाल र भारतबीच एकअर्काका सेना प्रमुखलाई