काठमाण्डु– मर्दी पदयात्रामा फर्किदा मोदी किनारमा अलपत्र तीन युवाको सकुशल उद्धार भएको छ । पोखरा–१४, खसीबजार बस्ने वर्ष २४ का अजित केसी, वर्ष २३ का युकेश गुरुङ, वर्ष २३का करण लामाको आज बिहान सकुशल उद्धार गरिएको हो । स्काभेटरको सहायताले सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले बिहीबार बिहान सवा १० बजे उद्धार गरेको