काठमाण्डु– अर्थ मन्त्रालयले यही साउनदेखि लागू हुने सरकारी कर्मचारीहरुको तलव विवरण सार्वजनिक गरेको छ ।मन्त्रालयले बुधबार सरकारी निकायलाई पत्राचार गर्दै नयाँ तलबको विषयमा जानकारी गराएको हो । गत जेठ १५ गते बजेटमार्फत सरकारले १० प्रतिशत तलबमान वृद्धि गर्ने र १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो । यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले