नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा सीए नागेन्द्र शाह नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले शाहलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । उनी निगमबाटै अवकाश प्राप्त कर्मचारी हुन्। उनले यस अघि निमित्त कार्यकारी निर्देशकको रुपमा काम गरिसकेका छन्। कार्यकारी निर्देशकको लागि कौशल केसी, सीए नागेन्द्र शाह र संजिव कुमार देव सिफारिस भएका थिए। The post नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सीए नागेन्द्र शाह नियुक्त appeared first on Businesspana.