निरन्तरको वर्षासँगै लाल बकैया खोलामा आएको बाढीका कारण रौतहटको राजपुर नगरपालिका क्षेत्रमा पर्ने हुलाकी राजमार्ग पूर्ण रूपमा डुबानमा परेको छ । सडकमाथि कम्मरसम्म आउने बाढीको पानी ओभरफ्लो भएर बगिरहेको भए तापनि स्थानीय बासिन्दा, यात्रु र सवारी चालकहरू ज्यानको बाजी थापेर जोखिमपूर्ण यात्रा गर्न विवश छन् । राजपुर नगरपालिका अन्तर्गत पर्ने फतुवा पुलको पश्चिम तर्फको लचकामा