सुनको मूल्य फेरि आकासियो, एकैदिन ८ हजार रुपैयाँले बढ्यो

  • बिहीबार २१ साउन २०८३ १२:०१ PM
काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य उच्च वृद्धि भएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँले वृद्धि भएको हो।मूल्य बढेसँगै एक तोला सुनको भाउ २ लाख ९६ हजार  पुगेको छ। अघिल्लो दिन बुधबार  प्रतितोला सुन २ लाख ८८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।यसैगरी,चाँदीको मूल्य प्रतितोलामा ९५ रुपैयाँले बढेर ४ हजार ५७० पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४  हजार ४७५ मा कारोबार भएको थियो ।