रसुवा : गोसाइँकुण्ड गाउँपालिका–५ मा रहेको सुन्दर धार्मिक तथा पर्यटकीय क्षेत्र गोसाइँकुण्ड मेलामा प्लाष्टिकजन्य फोहोर प्रतिबन्ध लगाइएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित गोसाइँकुण्डमा वर्षेनी मेलाको समयमा प्लास्टिकजन्य फोहोर बढ्न थालेपछि यस पटक प्लास्टिकजन्य फोहोर प्रतिबन्ध लगाउने लिखित निर्णय नै गरिएको हो । यहाँ मेलाको समयमा हराजौं तीर्थयात्रीहरु आउने गर्दछन् । मेलामा धेरै यात्रु आउने र फोहोर थुप्रिने हुनाले प्रमुख धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्डमा आगामी भदौ