गुरुङलाई अन्तिम श्रद्धाञ्जली दिनको लागी विमानस्थल आउन ‘एनएमए’को आग्रह

  • बिहीबार २१ साउन २०८३ ०५:३० AM
काठमाडौँ। पाकिस्तानको ब्रड पिक हिमालमा गएको हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता) को शव बिहीबार काठमाडौँ ल्याइने भएको छ। नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले बुधवार सूचना जारी गर्दै गुरुङको शव आज अपराह्न ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाएको हो। गुरुङ एनएमएको गण्डकी प्रदेश उपाध्यक्ष तथा मनाङ विद्यालय विकास समितिका सदस्यसमेत थिए। ब्रड पिकमा गएको