काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध दायर पुनरावलोकन निवेदनमाथि अध्ययन गर्न सर्वोच्च अदालतले तीन सदस्यीय पूर्ण इजलास गठन गरेको छ । प्रधानन्यायाधीश डा. मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेल सम्मिलित पूर्ण इजलासले बिहीबार निवेदन अध्ययन गर्नेछ । पूर्ण इजलासले नियमित सुनुवाइ नगरी न्यायाधीशहरूको कार्यकक्ष (चेम्बर)मै बसेर निवेदनको