काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटाले नेपालको स्वास्थ्य क्षेत्रमा केही महत्वपूर्ण सूचकहरूमा उल्लेखनीय सुधार भए पनि केही गम्भीर चुनौतीहरू अझै कायम रहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सचिव देवकोटाले दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न नेपालले थप संरचनागत तथा नीतिगत सुधार गर्नुपर्ने