भारत : पञ्जाब प्रहरीले पाकिस्तानको गुप्तचर संस्था आईएसआईको समर्थन र सीमापारबाट सञ्चालित दुई आतंकवादी मोड्युलको पर्दाफास गरेको जनाएको छ । यस कारबाहीको एक दिनपछि बुधबार प्रहरीले तीमध्ये एक मोड्युलले हालै दिल्लीको जन्तर–मन्तरमा भएको विद्यार्थी आन्दोलनलाई पनि निशाना बनाउने योजना बनाएको दावी गरेको छ । साथै, मोड्युलका सदस्यहरू आवश्यक सहयोग र पेट्रोल बम बनाउन प्रयोग हुने सामग्री लिएर त्यहाँसम्म पुगेको दावी गरिएको छ । यसअघि मंगलबार पञ्जाब प्रहरीले चार नाबालिगसहित नौ जनालाई पक्राउ गरिएको र उनी