करिब २०७ किलो गाँजासहित पिकअप चालक पक्राउ

  • बिहीबार २१ साउन २०८३ ११:०१ AM
पर्सा  : प्रहरीले पर्साबाट ठूलो परिमाणको गाँजासहित एक गाडी चालकलाई पक्राउ गरेको छ । प्रहरीले बिन्दवासिनी गाउँपालिका–५ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २०७ किलोग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ बस्ने ४८ वर्षीय कृष्ण लामालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरीय र प्रहरी चौकी प्रसौनीभाट्टाबाट खटिएको प्रहरीले प्रदेश ३–०१–०२४ च ५३८५ नम्बरको पिकअपलाई जाँच गर्दा बोरामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँज