प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घट्यो

  • बिहीबार २१ साउन २०८३ ११:०१ AM
काठमाडौं : बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घटेर बन्द भएको छ।  यो सेसनमा नेप्से परिसूचक १.८५ अंकले घटेर २६६६.१२ विन्दुमा अडिएको हो।६० वटा स्क्रिप्सको १ लाख ४ हजार ४२७ कित्ता सेयर ५ करोड ५५ लाख ५५ हजार ६७९ रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये २३ वटा स्टक्सको मुल्य बढ्दा २९ वटाको घट्यो। बाँकी ३ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।