पेट्रोल बोकेको ट्यांकरमा लागेको आगो सशस्त्रले निभायो, महेन्द्र राजमार्ग खुल्यो

  • बिहीबार २१ साउन २०८३ ०४:०५ AM
काठमाण्डु– रौतहटको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडकखण्डको गुजरा नगरपालिका–३ स्थित धन्सारमा पेट्रोल बोकेको ट्यांकर दुर्घटना हुँदा आगलागी भएको छ । नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट १२ हजार लिटर पेट्रोल लोड गरी सर्लाहीतर्फ जाँदै गरेको म.प्र. ०३–००१ ख ७८११ नम्बरको ट्यांकर अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनापछि ट्यांकरमा आगलागी हुँदा राजमार्गमा केहि बेर सवारी