काठमाण्डु – भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएसँगै कक्रोच जनता पार्टी (सीजेपी)को आन्दोलन औपचारिक रूपमा स्थगित भएपछि अब यसको आगामी रणनीति के हुने चर्चाको विषय बनेकोछ । सीजेपीको आन्दोलन सकिएपछि दिल्लीको जन्तर–मन्तर फेरि सामान्य अवस्थामा फर्किएको छ । तर अब फेरि सीजेपीले के गर्ने भन्ने विषयमा यससँग आवद्ध पदाधिकारीहरू स्वयं अनभिज्ञ छन् ।