काठमाण्डु– घरजग्गासम्बन्धी कारोबार गर्न इच्छुक फर्म, कम्पनी वा संस्थालाई इजाजत पत्र (लाइसेन्स) लिन २१ दिनको समय तोकिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट लाइसेन्स लिन २१ दिनको समय दिइएको हो । विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा ३ करोड रुपैयाँभन्दा बढी