इरानसँगको तनावका कारण अमेरिकी क्षेप्यास्त्र रक्षा प्रणालीको भण्डारणमा भारी गिरावट

  • बिहीबार २१ साउन २०८३ ०४:५५ AM
एजेन्सी । इरानसँगको जारी सैन्य तनावका कारण अमेरिकी सेनाले आफ्नो प्रमुख क्षेप्यास्त्र रक्षा प्रणालीको करिब ८० प्रतिशत इन्टरसेप्टरहरू प्रयोग गरिसकेको छ । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का कमान्डरहरूले सैन्य हतियारको मौज्दात खतरनाक रूपमा कम भएको चेतावनी दिएको सीएनएनले मङ्गलबार उल्लेख गरेको छ । पछिल्लो मौज्दात प्रतिवेदनमा संलग्न स्रोतहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार, युद्ध सुरु हुनुभन्दा