जमल डुबानको कारण पूर्वाधारको असन्तुलित क्षमता : ‘पानीको टोटल इनफ्लो एरिया ०.८२६ वर्गमिटर र टोटल आउट फ्लो एरिया ०.२८३ वर्गमिटर’

  • बिहीबार २१ साउन २०८३ १०:१८ AM
काठमाडौँ । काठमाडौँको जमल क्षेत्र बर्षायाममा डुबान हुने कारणलाई प्राविधिक प्रतिवेदनले पूर्वाधारको असन्तुलित क्षमतालाई देखाएको छ ।  प्राविधिक विश्लेषण अनुसार बर्षा याममा, जमल क्षेत्रमा विभिन्न चार दिशाबाट वर्षा हुँदा सतहमा जम्मा हुने पानी र ढलको पानी जम्मा हुने गर्दछ । ज्याठातर्फबाट ६० सेन्टिमिटर, निर्वाचन आयोगतर्फबाट ९० सेन्टिमिटर, यल्लो प्यागोडा होटलतर्फबाट ४५ सेन्टिमिटर र जनप्रशासन क्याम्पसतर्फबाट २० सेन्टिमिटर डायमिटरका पाइपहरू मार्फत पानी जमल चोकमा पुग्छ । यसरी भित्रिने पानीको कुल प्रवाह क्षेत्रफल (टोटल इन फ्लो एरिया) ०