गुल्मी। गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माण भएको छ। रुरुक्षेत्र गाउँपालिका–१ र ३ जोड्ने फलाँटे–भटकुवा झोलुङ्गे पुल स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, बुटवलमार्फत निर्माण गरिएको हो। आठ करोड ८५ लाख ३४ हजार ८४८ रुपियाँ लागत रहेको उक्त पुल निर्माणको जिम्मा भीमशिखर हिरा कन्स्ट्रक्सन प्रालिले पाएको हो। पुल निर्माणका लागि २०८२ असार ३ गते सम्झौता भएको थियो। सम्झौताअनुसार २०८४ असार १९ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म ९१ प्रतिशत काम सकिएको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, बुटवलका इन्जिनियर राजु थापा मगरले जानकारी दिए। उनका अनुसार पुल ५२५